बैकिङ्ग समाचार ।
दुई अलग – अलग कम्पनीको शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । नेपाल फाइनान्सको हकप्रद शेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल फाइनान्सले १६ लाख ९७ हजार ५०६ दशमलव २५ हकप्रद शेयर र चिलिमे हाइड्रोपावर कम्पनीले ५७ लाख ९ हजार ७६२ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यी दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया