बैकिङ्ग समाचार ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को साधारण सभा र शेयर दाखिला खारेजी मिति तय गरेको छ ।
लघुवित्त सञ्चालक समितिको माघ १८ गते आइतबार सम्पन्न बैठकले फागुन २२ गते, शनिबार लघुवित्तको चौधौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सोही बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार फागुन ६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा प्रतिनिधत्व गर्न पाउनेछन् ।
सभाले गते पुस २४ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।
प्रतिक्रिया