बैकिङ्ग समाचार ।
मञ्जुश्री फाइनान्सले माघ १८ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने म्याद लम्बिएको छ । छोटो अवधिभित्र आवश्यक आवेदन नपरेपछि आवेदन गर्ने समष् फागुन २ गतेसम्म पुर्याइएको हो ।
फाइनान्सले एक हजार रुपैयाँ दरका ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो। उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । ९.५ प्रतिशत व्याज ६/६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ ।
५० करोड रूपैयाँको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ।
ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सको ऋणपत्रमा माघ १८ गतेदेखि छिटोमा माघ २१ गते तथा ढिलोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
फाइनान्सको गत पुस २९ गते सम्पन्न साधारण सभाले १८ प्रतिशत वोनश शेयर र कर सहित ५.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख पुगेको छ ।
संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर
काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ,नारायणगढ ,बुटवल , धनगढी , इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।
यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग,एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।
प्रतिक्रिया