साधना लघुवित्तले ८४.८७% बढायो नाफा

साधना लघुवित्तले ८४.८७% बढायो नाफा


बैकिङ्ग समाचार ।

साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको यसै अवधिमा भन्दा ८४.८७% ले बढेको हो । गत वर्ष साधनाले १ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । साधनाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ६६.९०% र ११५.३३% बढाउदा नाफामा वृद्धि भएको छ ।
 

गत वर्ष ५ करोड ५२ लाख रुपैयाँ खु ब्याज आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ९ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि २ करोड ३० लाख रुपैयाँँबाट बढाएर ४ करोड ९७ लाख रुपैयाँ पुयाएको छ ।
 

यता, कम्पनीको खराब कर्जा भने ०.७८% बाट बढेर ३.५२% भएको छ । पुस मसान्तसम्म चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ रहेको साधनाको रिजर्भ कोषमा ९ करोड २९लाख रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।