बैकिङ्ग समाचार ।
युनाइटेड फाइनान्सले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ करोड ४३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा ४ करोड ११ लाख रुपैयाँ नाफा कमाएको फाइनान्सको नाफा ४०.९५ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी १ अर्ब ४ करोड ८ लाख ३४ हजार रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ४.६७ रुपैयाँ छ । जगेडा कोषमा ३१ करोड ७९ लाख रुपैयाँ सञ्चित राखेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५६.२२ रुपैयाँ छ ।
पुससम्म ७ अर्ब ६० करोड ३३ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी युनाइटेडले ५ अर्ब ३३ करोड ८ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट फाइनान्सले १६ करोड ३० लाख ६८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी रकम १७ करोड ८० लाख २१ ह्जार रुपैयाँ थियो ।
यस्तै ५ करोड ९१ लाख रुपैयाँ रहेको सञ्चालन नाफा ३ करोड ४३ लाखमा खुम्चिएको छ । कम्पनीको खुद ब्याज आम्दानी ८ र सञ्चालन नाफा ४२ प्रतिशतले घटेको हो ।
पुस मसान्तसम्ममा फाइनान्सको खराब कर्जा अनुपात बढेर ३.९१ प्रतिशत पुगेको छ भने अधारदर १०.०६ प्रतिशत, कोषको लागत ७.५२ प्रतिशत र मूल्य आम्दानी अनुपात ७४.९५ प्रतिशत छ ।
प्रतिक्रिया