काठमाडौं– कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त हुनुभएको छ। प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गर्नुभएको छ। करिव १७ वर्ष को बैकिङ्ग अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद बहाली गर्नु भएको छ।
उक्त स्वागत तथा पदबहाली कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो। सुवेदी कामना सेवामा आउनु भन्दा अगाडि सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत रहनुभएको थियो। सुवेदीको नियुक्तले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ। हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमबाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



About Us
प्रतिक्रिया