सनराइज बैंकद्वारा एकैपटक ३ शाखारहित बैंकिङ सेवा सञ्चालन

सनराइज बैंकद्वारा एकैपटक ३ शाखारहित बैंकिङ सेवा सञ्चालन


बैकिङ्ग समाचार । 

सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, सिद्धिचरण  नगरपालिका– ४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुके ओखलढुंगामा एक/एक गरी तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । उक्त शाखाहरुबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।  हालसम्म बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।