नेप्सेमा करिब ३ करोड शेयर सूचीकृत

नेप्सेमा करिब ३ करोड शेयर सूचीकृत


बैकिङ्ग समाचार । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता करिब तीन करोड बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता एनआइसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड ९५ लाख बराबरको बोनस शेयर सूचीकृत भएको हो ।  

नेप्सेका अनुसार यस साता एनआइसी एशिया बैंक लिमिटेडको एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता र बैंक अफ काठमाण्डू लिमिटेडको एक करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।