बैकिङ्ग समाचार ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०.५३% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसर्थ, कम्पनीले १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको रकम बोनस वितरणमा खर्च गर्नेछ । यस्तै, ७ लाख ५२६ रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले १०% बोनस र ७.५% नगद गरी कुल १७.५% लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया