राष्ट्रिय वाणिज्य बैंकले साढे ४ प्रतिशत लाभांश बाँड्ने, माघ २८ गते डाक्यो साधारण सभा

राष्ट्रिय वाणिज्य बैंकले साढे ४ प्रतिशत लाभांश बाँड्ने, माघ २८ गते डाक्यो साधारण सभा


बैकिङ्ग समाचार ।

राष्ट्रिय वाणिज्य बैंकले लाभांश वितरण गर्न बैंकको वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ २८ गते बैंकको केन्द्रिय कार्यलयको सभाहलमा सभा बोलाएको हो।

कोभिड १९ काे जोखिमका कारण बैंकले शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी हुन आग्रह गरेको छ। सभाको मिटिङ आइडी र पासवर्ड सम्बन्धित शेयरधनीको इमेलमा पठाइने बैंकले जनाएको छ।

साधारण सभामा बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।