सनराइज बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुवात

सनराइज बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुवात


बैकिङ्ग समाचार ।

कार्डमार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ सराइज बैंकले कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ । सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पीन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ । यस कार्र्डमार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ ।
उक्त कार्डबाट टेप एण्ड पे गर्न टेप सुविधायुक्त पोसको आवश्यकता पर्दछ । बैंकले हालको पीओसलाई स्तरोन्नती गरी टेप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङमल आदि ठाउँहरुमा राख्ने कामको थालनी गरिसकेको जनाएको छ । उक्त कार्डमार्फत हाललाई बिना पीन अधिकतम २ हजार रुपैयाँसम्मको कारोबार गर्न सकिने छ भने दुई हजारभन्दा बढीको कारोबार गर्दा पीन प्रयोग गर्नुपर्नेछ ।
१६० एटिएम, १३९ शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्टमार्फत ७ लाख भन्दा बढी ग्राहकलाई बैंकले स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको छ । डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहन गर्न बैंकले विभिन्न सुविधा ल्याएको जनाएको छ ।