बैकिङ्ग समाचार ।
कृषि विकास बैंकको ५४ औं बार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । उपत्यका भित्रका २० जना कृषकलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड वितरण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र एपको उद्घाटन गरेका छन् ।
चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया