नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ गतेदेखि

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ गतेदेखि


बैकिङ्ग समाचार ।

नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ गतेदेखि शुरु हुने भएको छ । 

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन । राष्ट्र बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले प्राप्ति सम्बन्धि प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी दुबै कम्पनीले गत असोजे असोज २८ गते विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १०० : ३० अनुपात अर्थात् सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो ।

यी दुई कम्पनी बीच प्राप्ति सम्बन्धी सम्झौता गत भदौ १७ गते भएको थियो । प्राप्ति प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ ।

रू. ४० करोड चुक्तापूँजी भएको सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गरी एकीकृत कारोबार पश्चात नेपाल इन्भेष्टमेण्टको चुक्तापूँजी रू. १४ अर्ब ६४ करोड ८९ लाख ५५ हजार पुग्नेछ । 
हाल नेपाल इन्भेष्टमेण्टको चुक्तापूँजी रू. १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ ।