नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा झुम्मिए लगानीकर्ता, मागभन्दा १.६१ गुणा बढी आवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा झुम्मिए लगानीकर्ता, मागभन्दा १.६१ गुणा बढी आवेदन


बैकिङ्ग समाचार ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । हालसम्मकै सर्वाधिक कित्ता सार्वजनिक निष्कासनमा आएको भएपनि सोमबार साढे १० बजेसम्म मागभन्दा १ दशमलव ६१ गुणा बढी आवेदन परिसकेको छ ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यो अवधिसम्म १० लाख ८ हजार २७३ जनाको आवेदन परेको छ । यी आवेदकहरुले १२ करोड २३ लाख ५५ हजार कित्ताको लागि आवेदन दिएका हुन । धेरै जसो आवेदकहरुले १० कित्ताका लागि आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । यस कम्पनीको आईपीओमा माघ ६ गते मंगलवारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।

खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ ।