सेन्ट्रल फाइनान्सको १०% लाभांश पाउन माघ ११ गते आइतबारसम्म शेयरधनी बन्नुपर्ने

सेन्ट्रल फाइनान्सको १०% लाभांश पाउन माघ ११ गते आइतबारसम्म शेयरधनी बन्नुपर्ने


बैकिङ्ग समाचार ।

सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १० प्रतिशत लाभांश पाउन माघ ११ गते आइतबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ ।

फाइनान्सले माघ २३ गते आह्वान गरेको २४ औं वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फाइनान्सले माघ १२ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कोरोबार भई कायम शेयरधनीले लाभांश पाउनेछन् ।

फाइनान्सको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले माघ २३ गते शुक्रबार फाइनान्सको कार्यालय कुपण्डोल ललिपुरमा सभा डाकेको छ ।

कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे देखि सुरु गरिने फाइनान्सले जनाएको छ ।

सभामा ७ प्रतिशतले हुने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० बोनस शेयर र ३ प्रतिशतले हुने २ करोड ४७ लाख १ हजार ९३५ पैसा ७७ नगद लाभांश जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।