बैकिङ्ग समाचार ।
माछापुच्छ्रे कृति क्यापिटलको शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्ष भिष्म राज ढुंगानाले बोर्डबाट मर्चेण्ट बैंकिङ्ग व्यवसाय गर्न अनुमतिपत्र प्राप्त मर्चेण्ट बैंकरहरु माछापुच्छ्रे क्यापिटलको एकिकृत कारोबारको उद्घाटन गरेका हुन ।
कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लि. एक आपसमा गाभिई बनेको माछापुच्छ्रे कृति क्यापिटलको कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले माछापुच्छ्रे कृति क्यापिटललाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पूँजी बजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।
उनले विकशित देशमा बजार पूँजीकरण भन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोषमार्फत् पूँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकाशमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने बताए ।
त्यस्तै, उनले संस्थागत परामर्श सेवा, विशिष्टिकृत लगानी कोष (प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपूँजी लगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीमार्फत् विदेशी श्रोतको परिचालन लगायतमा समेत मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।
साथै, उनले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुन सके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा
माछापुच्छ्रे कृति क्यापिटल लि.ले विशेष ध्यान पु¥याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा.विरेन्द्र प्रसाद महतो विशेष अतिथिको रुपमा रहेका थिए भने कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, माछापुच्छ्रे कृति क्यापिटल लि.का अध्यक्ष विश्वम्भर न्यौपाने, माछापुच्छ्रे कृति क्यापिटल लि.का अन्य संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यको उपस्थिति रहेको थियो ।






About Us
प्रतिक्रिया