बैकिङ्ग समाचार ।
सूचीकृत २६ वाणिज्य बैंकहरुमध्य अब चार बैंकहरुले मात्र बार्षिक साधारण सभा गर्न बाँकी रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, एनसीसी बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकले साधारण सभा गर्न बाँकी रहेको हो ।
सिभिल बैंकमध्य तीन बैंकहरुले भने साधारण सभा आव्हान गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकले माघ ८ गते, एनसीसी बैंकले माघ ९ गते, सिटिजन्स बैंकले माघ १५ गते र सिद्धार्थ बैंकले माघ १६ गतेका लागि साधारण सभा आव्हान गरेका हुन् ।
सिभिल बैंकले भने पुस २७ गतेमात्र लाभांश सार्वजनिक गरेको छ । प्रस्तावित लाभांश सहितको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेकाले सम्भबत् माघ महिनाभित्र सभा आव्हान गर्ने सिभिलको तयारी छ ।
पब्लिक लिमिटेड कम्पनीहरुले आर्थिक वर्षको ६ महिनाभित्र अर्थात पुस मसान्तभित्र बार्षिक साधारण सभा गरिसक्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम २२ वाणिज्य बैंकहरुले भने साधारण सभा सम्पन्न गरिसकेका छन् ।
यस वर्ष सबैभन्दा पहिला सानिमा बैंकले गत कात्तिक २८ गते बार्षिक साधारण सभा सम्पन्न गरेको थियो भने एनआईसी एशिया बैंक, सिटिजन्स बैंक , बैंक अफ काठमाडौं र कुमारी बैंकले मंसिरमै सम्पन्न गरेका थिए । पुस महिनामा बाँकी १६ वाणिज्य बैंकहरुले साधारण सभा सम्पन्न गरेकोमा नबिल सहित सात बाणिज्य बैंकहरुले पुस महिनाको अन्तिम दिन २९ गते सभा सम्पन्न गरेका हुन् ।
प्रतिक्रिया