बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयर तथा नेशलन लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो।
तिनाउको ६ प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य १८६ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधबार बैंकको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब आइतबार प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार खुल्नेछ ।
त्यस्तै, नेशलन लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन समायोजन पश्चात शेयरमूल्य १ हजार ६४ रुपैयाँ रहेको छ। बुधबार बैंकको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आइतबार समायोेजित मूल्यबाट कारोबार खुल्नेछ ।






About Us
प्रतिक्रिया