विदेशी ऋण लिन नयाँ व्यवस्था

विदेशी ऋण लिन नयाँ व्यवस्था


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले विदेशी ऋण लिन नयाँ व्यावस्था ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउन कडाई गरेको जनाएको हो । 

बैंकका अनुसार २०७६ सालको एकीकृत परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी या व्यक्तिबाट ऋण लिँदा नेपाली बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुन नसकेकोबारे विस्तृत जानकारी खुलाउनुपर्ने  व्यावस्था गरेको हो । 

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘विदेशबाट लगानी भित्र्याउने भनिएको कम्पनीले नेपालकै वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र ब्याजदरमा लिन नसक्ने अवस्था सिर्जना भएको कुरा निवेदनमा विस्तृतरूपमा उल्लेख गर्नुपर्नेछ ।

यस्तै विदेशी लगानीकर्ताले प्रवाह गरेको ऋणको हकमा नेपालमा पुँजी शेयरमा रहेको ६० प्रतिशतभन्दा धेरै ऋण दिन पनि पाउने छैनन् । ऋणबापतको रकम सम्बन्धित कम्पनीले उद्योगको तोकिएको क्षेत्रमा मात्रै उपयोग गर्न पाउने पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै विदेशबाट ऋण लिनै पर्ने आवश्यकता रहेको पुष्टि पनि कम्पनी वा उद्योगले गर्नुपर्नेछ ।\"\"