बैकिङ्ग समाचार ।
निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई साढे २० करोड लाभांश बाँड्ने भएको छ ।
लघुवित्त सञ्चालक समितिको पुस २४ गते सम्पन्न २६९ औं बैठकले चुक्ता पूँजीको १३ प्रतिशत (१९ करोड ५० लाख) बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६८ (१ करोड २ लाख ६३ हजार १५८ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार लघुवित्तले कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आवबाट लघुवित्तले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद गरी ४०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्तको लाभांश २६.५५ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया