ग्लोबल आइएमई बैंकद्वारा न्यानो कपडा वितरण

ग्लोबल आइएमई बैंकद्वारा न्यानो कपडा वितरण


बैकिङ्ग समाचार ।

ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले  बैकको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । 

ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पुर्‍याउने  उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ ।  

यसका साथै, ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको छ ।