बैंकिङ्ग समाचार ।
चन्द्रागिरी हिल्सले पुस २४ गते शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कुल कित्तामध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन हुनेछ ।
यस आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । आइपीओ छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।
आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया