बैंकिङ्ग समाचार ।
पछिल्लो समय सहकारी संघ संस्था घटेको छ । सहकारी विभागले गरेको एक अध्ययनले मुलुकभर सञ्चालित सहकारी संस्थामध्ये संघीयतायता ४ हजार ९ सय ५१ सहकारी संस्था घटेको देखिएको हो । यस अघि विभागले प्रकाशित गरेको विवरणमा मुलुकभरी ३४ हजार ८ सय ३७ सहकारी संघ संस्था सञ्चालनमा रहेका थिए । अहिले सो संख्या २९ हजार ८ सय ८६ कायम भएको प्रारम्भिक आकलन विभागले गरेको छ ।
सहकारी विभागले मुलुकभरी रहेका सहकारीको तथ्याङ्क सङ्कलन गरेर यस्तो विवरण तयार पारेको हो । विभागले २०७७ साउनदेखि कात्र्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहहरूसम्मको अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको छ । यस अवधिमा कतिपय सहकारी संघ संस्थाहरू एकीकृत भएका तथा कतिपय संस्था निश्कृय रहेका कारण सहकारीको सङ्ख्या घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मुलुकभरका सहकारीमा ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ शेयर पुँजी रहेको छ । देशभर रहेका सहकारी संस्थाहरूमा ७३ लाख ७ हजार ४ सय ६२ सदस्यहरू आवद्ध छन् र सोही सदस्यको सो शेयर पुँजी रहेको हो । सहकारी संस्थाहरूमा आवद्ध सदस्यहरूबाट ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख बचत संकलन भएको छ भने ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ऋण लगानी भएको सहकारी विभागले गरेको एक अध्ययनले देखाएको छ ।
विभागले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था, २० वटा विषयगत केन्द्रीय संघ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेका छन्् ।
मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् । सहकारी संघसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका सहकारी विभागका उप रजिष्ट्रार सुरेन्द्रराज पौडेलले जानकारी दिए ।
मुलुकमा संघीयताको कार्यान्वयनसँगै तीन तहको सरकारहरु (संघ, प्रदेश र स्थानीय) बीच अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरू पनि ३ तहकै सरकारमा विभाजन भएको छ । संघीयता कार्यान्वयन पछि सहकारीको एकीकृत विवरण विभागले पहिलोपटक तयार पारेको हो ।
देशभर सञ्चालित सहकारीमा आवद्ध सदस्यमध्ये ५६ प्रतिशत महिला सदस्य र ४४ प्रतिशत पुरुष सदस्य रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशतले बढी हो ।
कुन प्रदेशमा कति सहकारी ?
प्रदेश १ मा ४ हजार ७ सय ३७ सहकारी संस्थाहरू रहेका छन् । उक्त प्रदेशमा सहकारीको कुल सदस्य सङ्ख्या ९ लाख ३५ हजार ७ सय रहेको छ । जसमा महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना रहेका छन् ।
यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ८ अर्ब २० करोड २ लाख रहेको छ । प्रदेश १ मा रहेका सहकारी संस्थाहरूले कुल बचत संकलन ४१ अर्ब २१ करोड र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रदेश २ मा ४ हजार १ सय ५३ सहकारी संस्थाहरू रहेको छन् । यस प्रदेशमा ५ लाख ५५ हजार १ सय ९७ सदसइ रहेका छन् भने जसमा
महिला २ लाख ५२ हजार १ सय १२ र पुरुष ३ लाख ३ हजार ८५ जना रहेका छन् । प्रदेश २ मा रहेका सहकारीको कुल शेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार १ सय ५८ रुपयाँ रहेको छ । उक्त प्रदेशमा कुल बचत सङ्कलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपयाँ र कुल ऋण लगानी १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
बागमती प्रदेशमा १० हजार ४ सय १८ सहकारी संस्था रहेका छन् । यो सबैभन्दा बढी सहकारी संघसंस्था भएको प्रदेश हो । यस प्रदेशमा सहकारीमा २७ लाख १७ हजार ४ सय ६९ जना आवद्ध रहेका छन् । जसमा महिला १४ लाख ५७ हजार २ सय २ र पुरुष १२ लाख ६० हजार २ सय ६७ जना रहेका छन् ।
बागमती प्रदेशमा रहेका सहकारीमा ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार ७ सय २४ रुपयाँ बराबरको शेयर पुँजी रहेको छ । यी सहकारीमार्फत २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख रुपयाँ बचत सकलन र १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख ऋण लगानी
यस प्रदेशमा सहकारी मार्फत ३३ हजार ८ सय ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारी संस्थाहरू रहेका छन्क । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ११ लाख १६ हजार ६ सय ३२ जना रहेको छ । जसमा महिला ६ लाख ४२ हजार १ सय ३० र पुरुष ४ लाख ७४ हजार ५ सय २ जना रहेका छन् ।
यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार २ सय ४६ रुपँया, कुल बचत सङ्कलन ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपँया र कुल ऋण लगानी ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४ सय ३३ रुपँया रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ७ हजार ६ सय ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५ सहकारी संस्थाहरू रहेका छन् । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ८ लाख ९८ हजार ६ सय ११ जना रहेको छ । जसमा महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना रहेका छन् ।
यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार ५० रुपयाँ रहेको छ । कुल बचत सकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपयाँ र कुल ऋण लगानी ४० अर्ब ८० करोेड ६८ लाख ४ हजार ३२ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ६ हजार ९ सय ८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कर्णाली प्रदेशमा कुल सहकारी सङ्ख्या १ हजार ९ सय ६७ रहेको छ । यो सबैभन्दा कम सहकारी संघसंस्था रहेको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ४ लाख ४ हजार ९ सय ५६ जना रहेको छ । जसमा महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९ सय २३ जना रहेका छन् ।
यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी १ अर्ब ९१ करोड ८० लाख ७३ हजार ४ सय ९८ रुपयाँ, कुल बचत सङ्कलन ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपयाँ र कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४ सय ८५ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ४ हजार ५ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सुदुरपश्चिम प्रदेशमा २ हजार ६० सहकारी संस्थाहरू रहेका छन् । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ४२ हजार ९ सय ८९ रहेको छ । जसमा महिला ३ लाख १९ हजार १०० जना र पुरुष २ लाख २३ हजार ८ सय ८९ जना रहेका छन् ।
यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार ७ सय ९७ रुपयाँ, कुल बचत सङ्कलन १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९ सय ४१ रुपयाँ र कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३ सय ३१ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २ हजार ८ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया