बैंकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ।
नेप्सेले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४७८ रुपैयाँ तोकेको छ। पुस २१ गते मंगलबार बैंकको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले आवदेखी बुकक्लोज गरेको छ । बैंकले माघ ८ गते, बिहीबार ३४ औँ वार्षिक साधारण सभा डाकेको छ।
सभाले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ५।५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।



About Us
प्रतिक्रिया