बैंकिङ्ग समाचार ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर १८ गते, बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
प्रतिक्रिया