काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आगामी पुस ६ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाएको हो। सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ।
कम्पनीले चुक्ता पुँजी २० अर्ब रुपैयाँ पु¥याउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्ने भएको छ। यसैगरी कम्पनीले जारी तथा चुक्ता पुँजी १५ अर्ब ६९ करोड २८ लाख ९९ हजार ४२ रुपैयाँ १७ पैसा कायम गर्ने र सोहीअनुसार कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ।
यसका लागि नेपाल सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ शेयर लगानीका रूपमा प्राप्त हुने भएको छ। सरकारले प्राप्त गर्ने उक्त रकमको अनुपातमा १६.९१७६००३२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो।
हकप्रद शेयर निष्कासन गर्दा कम्पनीमा नेपाल सरकारको हाल कायम ४४.०३९००५१००१६४२६ प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गरिनेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २४ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ। जसअर्थ मंसिर २३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्रै साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




About Us
प्रतिक्रिया