म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याललाई सरकारी वकिल कार्यालयमा पुर्‍याइयो


काठमाडौं – पूर्वमुख्यसचिव अर्याललाई म्याद थप गर्नका लागि सरकारी वकिल कार्यालयमा लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि अनुसन्धान गर्न म्याद थप गर्न सरकारी वकिल कार्यालय लगिएको हो। 

उनलाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो। नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।

उनीमाथि ठगी गरी सङ्कलन गरिएको रकममध्ये ८ करोड ३० लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।