काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ। आइतबारदेखि शुक्रबारसम्मको अवधिमा सुनको मूल्य प्रतितोला २७ हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले घटेर दुई लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, सोमबार प्रतितोला एक हजार १०० रुपैयाँले घट्दै सुनको मूल्य दुई लाख ६६ हजार १०० रुपैयाँमा झरेको थियो। मंगलबार पुनः एक हजार ९०० रुपैयाँले घटेर दुई लाख ६४ हजार २०० रुपैयाँ कायम भएको थियो।
बुधबार सुनको मूल्यमा थप ६ हजार ३०० रुपैयाँको गिरावट आएको थियो। यससँगै सुन प्रतितोला दुई लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले घट्दै दुई लाख ५४ हजार ६०० रुपैयाँमा झरेको थियो।
शुक्रबार भने सुनको मूल्यमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। यस दिन प्रतितोला १२ हजार २०० रुपैयाँले घट्दै सुनको मूल्य दुई लाख ४२ हजार ४०० रुपैयाँ कायम भएको छ।





About Us
प्रतिक्रिया