जनउत्थान सामूदायिक लघुवित्तको सीईओमा कुलमणि तिम्सीना नियुक्त


काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीयको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणि तिम्सीना नियुक्त भएका छन्। संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओमा तिम्सीना नियुक्त भएका हुन्।

तिम्सीनालाई यही मंसिर १६ गतेदेखि लागूहुने गरी चार वर्षका लागि करार सेवामा नियुक्त गर्ने निर्णय गरेको छ।