पोखरामा माछापुच्छ्रे दौड २०२६ आयोजना हुँदै


काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ। माछापुच्छ्रे बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो। 

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ। प्रतियोगीहरूले आफ्नो क्षमता र रुचि अनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन्। 

इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट https://himalayantrailrunning.com/events/machhapuchhre-daud-2026/register?category=5f60eac9-5fb2-4232-8080-63585df069d0 मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन्। बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले यस प्रतियोगितामा सहकार्य गरेको हो।