काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा खानतलासीका क्रममा करिब ६० लाख ८० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८३ मंसिर ३ गते गरिएको चेकजाँचका क्रममा लत्ताकपडा, खाद्यान्न, मोटर पार्ट्स, विद्युतीय सामग्रीलगायतका अवैध चोरी निकासी तथा पैठारीका सामान बरामद गरिएको हो।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।





About Us
प्रतिक्रिया