काठमाडौं – सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।
डा. बागचन्द हाल उच्च अदालत पोखराका मुख्य न्यायाधीशका रूपमा कार्यरत छन्। त्यस्तै, सारू उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटन हेटौडा इजालस न्यायाधीश र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशका रूपमा कार्यरत थिए।






About Us
प्रतिक्रिया