काठमाडौं – काठमाडौं र तनहुँबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुसुम छ्याम्बा हाउस र होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा होम स्टेका सञ्चालक सोही ठाउँ बस्ने ३४ वर्षीय कुमार लामा समेत ३७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७८ हजार ५ सय ५५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
साथै, तनहुँ, भिमाद नगरपालिका– ६ रत्नचोकस्थित काठमाडौं मम होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटेल सञ्चालक सोही नगरपालिका– ६ बस्ने ६६ वर्षीय लोक बहादुर श्रेष्ठ समेत ७ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५० हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।






About Us
प्रतिक्रिया