काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले पछिल्लो साढे सात–आठ महिनामा सुशासन, कानुनी सुधार र विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरेका छन्। उनले यही गति कायम राख्दै साढे चार वर्ष सरकार चलाएर आगामी निर्वाचनमा अझ ठूलो शक्तिका रूपमा फर्किने बताएका छन्।
वाग्लेले सरकारका सबै निकायबीच समन्वय गरेर काम भइरहेको र भ्रष्टतन्त्र अन्त्य गर्ने अभियान अघि बढाइएको बताए। उनका अनुसार सरकारले १६६ वटा ऐनमा काम गरिरहेको छ, जसमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी छ।
पूर्वाधार विकासलाई तीव्रता दिन एकैपटक ८ देखि १० वटा ठूला आयोजना अघि बढाउने तथा विकासमा निजी क्षेत्रको लगानी बढाउने सरकारको योजना रहेको उनले बताए। साथै, सुशासनका कारण बाढीपहिरोजस्ता चुनौतीका बाबजुद राजस्व संकलनमा सकारात्मक प्रगति भएको उनको दाबी छ।





About Us
प्रतिक्रिया