काठमाडौं – नेपाल राष्ट्र बैंकले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रसँग समन्वय र सहकार्यका लागि बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँग सम्पर्क अधिकृतको विवरण माग गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै सम्पर्क अधिकृतको विवरण माग गरेको हो ।
राष्ट्र बैंकले विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा ई–सेवा र खल्तीबाहेकका भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न आग्रह गरेको हो। गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ को व्यवस्था कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोबाट सम्पर्क अधिकृत माग भएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित संस्थाहरूले सम्पर्क अधिकृतको नामथर, २४ सै घण्टा उपलब्ध हुने फोन नम्बर र कार्यालयको इमेल ठेगाना उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सो विवरण २०८३ मंसिर १९ गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको इमेलमा पठाउन भनेको छ ।





About Us
प्रतिक्रिया