प्रधानमन्त्री बालेनसँग भेट्न भारतीय विदेश सचिव मिस्री सिंहदरबारमा


काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेटवार्ताका लागि सिंहदरबार पुगेका छन्। मिस्री बिहीबार बिहान सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तापछि उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौं आएका हुन्। यद्यपि प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन। दुवै देशले भ्रमणको तयारी अघि बढाइरहेका छन्।

नेपाल भ्रमणका क्रममा मिस्रीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

ती भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीलगायत विषयमा छलफल भएको बताइएको छ।