एकैदिन तोलामा १३ हजार ३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने तोलामा १३ हजार तीन सय रूपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय २० रूपैयाँमाकिनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो।