अपि पावर कम्पनीको लाभांश घोषणा


काठमाडौं – अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।