काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बैंक स्थापनाको ९० औं वार्षिकोत्सवको अवसरमा बिएनपिएल प्लेर्टफर्ममा आबद्द भई आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्डबाट किस्ताबन्दिमा सामान खरिद गर्न सक्ने सुविधाको शुरुवात गरेको छ।
नेपाल बैंक र फिन्तारा सोलुसन्सबिच भएको सम्झौता अनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले ‘बाइ नाउ, पे लेटर’ सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन्।
यस सुविधा अन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवाशुल्क लाग्ने छैन। नेपाल बैंककाे प्रधान कार्यालय काठमाडौंमा कार्तिक १६ गते भएको कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदिप कुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष कुमार शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते ९० औं बर्षमा प्रवेश गर्दैछ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ।





About Us
प्रतिक्रिया