आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा कल्पना केसी नियुक्त


काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा कल्पना केसी नियुक्त भएकी छिन्। संस्थाको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई सो पदमा नियुक्त गरेको हो।

संस्थाकी स्वतन्त्र सञ्चालक सम्झना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै उक्त पदबाट राजीनामा दिएसँगै केसीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।