काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखाको मेलुङ गाउँपालिका– ६ घर भएका नोर्गेन मोक्तान र काभ्रेको चौंरीदेउराली गाउँपालिका–९ घर भएकी सुस्मिता रसाईली रहेका छन्।
पक्राउ मध्ये नोर्गेनले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४० लाख रुपैयाँ र सुस्मिताले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नोर्गेनलाई ललितपुर ललितपुर महानगरपालिका– ३ बाट र सुस्मितालाई काठमाडौं महानगरपालिका– ३२ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया