काठमाडौं – नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका –२६ नयाँ बसपार्क बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका– ३ घर भएका ३१ वर्षीय भोजराज थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
लिखत किर्ते गरी सवारी दर्ता किताब तयार गरी चार पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका –२६ मित्रनगरबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया