काठमाडौं – देशभरबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ गरेको छ। तनहुँको ब्यास नगरपालिका – ३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार श्रेष्ठले सञ्चालन गरेको रश्मी नेवारी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रबिन कुमार समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय ३० रुपैयाँ र २ सय ११ पत्ती तास सहित पक्राउ गरेको हो।
चितवनको भरतपुर महानगरपालिका – ७ गौतमचोक बस्ने तेज बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ३ सय ७५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
कञ्चनपुर, बेदकोट नगरपालिका(१० सिसैया नयाँ गाउँ बस्ने ३८ वर्षीय बिशाल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिशाल समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
दाङको तुलसीपुर उपमहानगरपालिका – ६ स्थित एकान्त होटलमा जुवातास खेलिरहेको अवस्थामा सल्यान कुमाख गाउँपालिका– ५ बस्ने २९ वर्षीय प्रजित पुनमगर समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५९ हजार ५ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हाे। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया