बेनी हाइड्रोपावरसहित पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.५४ अंकले बढेसँगै पाँच कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। आज बजार बढेसँगै बेनी हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स्, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल फाइनान्स र एनआईसी एसिया बैंकको शेयर मूल्यमा उच्च वृद्धि देखिएको हो।

आज बेनी हाइड्रोपावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सोपानले ८.७२ प्रतिशत, नेपाल रिको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआईसी एसिया बैंकको ४.६९ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाएका छन्।