दुई महिनामा वाणिज्य बैंकले कमाए झण्डै १८ अर्ब नाफा, कुनको कति ?


काठमाडौं – सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा झण्डै १८ अर्ब नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुले भदौसम्ममा १७ अर्ब ८१ करोड बढी नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । बैंकहरुले गत वर्षको यही अवधिमा १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए ।

भदौसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा १ अर्ब ८० करोड नाफा आर्जन गरेको हो । यस्तै, दोस्रोमा ग्लोबल आईएमई बैंकले १ अर्ब ६९ करोड र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड नाफा आर्जन गरेको हो । साथै, प्राइम कमर्सियल बैंकले १ अर्ब १४ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड, एनएमबि बैंकले १ अर्ब ३ करोड, सानिमा बैंकले १ अर्ब २ करोड, कुमारी बैंकले १ अर्ब १ करोड कमाएका छन् ।

यस्तै, भदौ मसान्तसम्ममा एभरेस्ट बैंकले ९८ करोड ५० लाख, लक्ष्मी सनराइज बैंकले ८९ करोड ३० लाख, सिद्धार्थ बैंकले ८४ करोडढ १० लाख, प्रभु बैंकले ७४ करोड ५० लाख, नेपाल बैंकले ७३ करोड ८० लाख, हिमालयन बैंकले ५७ करोड ५० लाख, कृषि विकास बैंक ५५ करोड ३० लाख, माछापुच्छ्रे बैंकले ५२ करोड १० लाख, एनआईसी एशिया बैंकले  ४९ करोड ९० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४७ करोड ९० लाख, सिटिजन्स बैंकले ४७ करोड ४० लाख, नेपाल एसबीआई बैंकले ४१ कारोड ६० लाख नाफा आर्जन गरेका छन् ।