काठमाडौं – सनराइज बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा जिल्ला अदालत पर्सामा हाजिर भएका छन् । स्रोतकाअनुसार आज उनी जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
प्रभु बैंकका सीईओ समेत रहेका शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । शर्माविरुद्ध प्रहरीले पर्सा जिल्ला अदालतमा कर्जा अपचलन तथा विश्वासघात गरेको भन्दै मुद्धा दायर गरेको छ।
शर्मा सनराइज बैंकको सीईओमा रहँदा अन्जली इन्टरनेशनललाई कर्जा दिने भन्दै धितो राखेर कर्जा नदिएको आरोप लागेको छ। उनले धितो सकारेपनि सोअनुसारको कर्जा भुक्तानी नगरेको पाइएको छ।






About Us
प्रतिक्रिया