काठमाडौं – यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ४२ अंकले घटेर बन्द भएको छ। यससँगै २१ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ। यस साता पाँच दिन शेयर कारोबार हुँदा १ दिन बजार बढेको थियो भने बाँकीका ४ दिन बजार घटेर बन्द भयो।
साताको पहिलो शेयर कारोबारको दिन सोमबार बजार १६.४७ अंकले घटेर बन्द भएको थियो। यससँगै बजार २६ सय १३ दशमलव ३३ को बिन्दुमा पुगेर बन्द भयो। त्यस्तै, मंगलबार नेप्से ९.६२ अंकले घटेर बजार २६ सय ३ दशमलव ७१ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, बुधबार नेप्से पुनः घटेर ४.८२ अंकको गिरावटसहित बजार २५ सयको बिन्दुमा झर्यो।
त्यस्तै, बिहिबार नेप्से ०.२६ अंकले बढेर बजार २५ सय ९९ को बिन्दुमा बन्द भयो। त्यसैगरी साताको अन्तिम कारोबारको दिन नेप्से ११.९० अंकले घटेर बजार २५ सय ८७ दशमलव २५ को बिन्दुमा बन्द भएको थियो।
कारोबार कुन दिन कति ?
सोमबारः ५ अर्ब १० करोड
मंगलबारः ४ अर्ब ९ करोड
बुधबारः ४ अर्ब ५१ करोड
बिहिबारः४ अर्ब ७१ करोड
शुक्रबारः ३ अर्ब ८९ करोड






About Us
प्रतिक्रिया