काठमाडौं – अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९) ले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले सञ्चालक समितिको बैठकको निर्णय अनुसार शेयरधनीलाई १२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न यही असोज २३ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा सभा काठमाडौंमा दिउँसो ३.३० बजेदेखि सुरु हुनेछ।
सो सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ।






About Us
प्रतिक्रिया