एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा पाँच हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला चार हजार ६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५५ रूपैयाँ बढेको हो।