काठमाडौं –मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ५ प्रतिशत बोनश शेयर रहेको छ भने ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।






About Us
प्रतिक्रिया